नेभिगेशन
समाचार

उत्तराखण्डको धरालीमा भीषण पहिरो : जाजरकोटका पाँच जना अझै बेपत्ता, सहयोग सङ्कलन अभियान सुरु

भारतको उत्तराखण्ड प्रदेश, उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा साउन २० गते दिउँसो करिब १:४५ बजे ठूलो पहिरो गएको छ। सो भीषण पहिरोमा हजारौँ मानिस बेपत्ता भएका छन् भने जाजरकोट जिल्ला, कुसे गाउँपालिका–२, टालेगाउँका पाँच जना नेपाली अहिले सम्म पत्ता लाग्न सकेका छैनन्।
स्थानीय तथा साथीभाइका अनुसार कर्णबहादुर सिंह, मानबहादुर सिंह, रामबहादुर सिंह, निमबहादुर सिंह र रबिन सिंह पहिरोमा परेर बेपत्ता भएका हुन्। उनीहरूको जीवनमरणबारे आशंका गरिएको छ।
रबिन सिंहको परिवारको पीडा
बेपत्तामध्येका रबिन सिंह ठूलो विपत्तिबाट गुज्रिरहेका युवक हुन्। उनका बुबा सन् २०१३ (२०७० असार १) मा केदारनाथमा गएको पहिरोमा निधन भएका थिए। परिवारमा दुःख थपिँदै जाँदा आमा पनि श्रीमान बितेको करिब ६–७ वर्षपछि अर्को विवाहमा गईन्। त्यसपछि दुई भाइ र एक बहिनीलाई सहारा दिने कोही रहेन। उच्च शिक्षाको सपना बोकेर उनले गत वर्ष ११ कक्षाको परीक्षा दिएर भारतको धरालीतर्फ कामको खोजीमा प्रस्थान गरेका थिए। तर दुर्भाग्य, फेरि अर्को प्राकृतिक विपत्तिले उनको जीवनलाई अन्धकार बनाएको छ।
अन्य बेपत्ता भएका परिवारको अवस्था
रामबहादुर सिंह पत्नीसमेतसँगै धरालीमै बस्दै आएका थिए। उनको अवस्था पनि निकै नाजुक रहेको परिवारजनले बताएका छन्।
मानबहादुर सिंह गाउँमा रोजगारीको अवसर नभएकाले दुई–तीन वर्षदेखि भारतमा नै बस्दै आएका थिए।
त्यसैगरी निमबहादुर सिंहका चार सन्तान छन्। उनकी श्रीमती पनि भारतमै बस्दै आएकी थिइन् भने सन्तानहरू अहिले सुर्खेतको चनौटेमा बज्यैसँग बसिरहेका छन्।
यो विपत्तिले उनीहरूको परिवार मात्र होइन, पुरै गाउँलाई शोकमा डुबाएको छ।
अहिलेसम्म सहयोग गर्ने दाताहरू (अगस्ट २०, २०२५ सम्म)
कुसे गाउँपालिका बाट
१. जीवन शाही – वडा २, तिमिल्धारा – रु १६२५
२. महेन्द्र सिंह – वडा २, झारगाउँ – रु १६५५
३. सूर्य बिक्रम सिंह – वडा २, डोग्री – रु १६२५
४. जनक बहादुर सिंह – वडा ७, समाकोट – रु १६५५
५. खड्क सिंह – वडा ८, जन्ताला – रु १६२५
६. कर्ण लाल जैसी – वडा ८, दर्ना – रु १६२५
७. विवेक आदि तुफान – वडा ९, पैक – रु १६२५
८. धिरेन्द्र बिक – वडा ९, पैक – रु १००५
९. पार्श घर्ती मगर – वडा ७, समाईला – रु १६२५

जुनिचाँदे गाउँपालिका बाट
१०. भुपेन्द्र शाही – वडा ९, पन्चाला – रु १६२५
११. दिपक शाही – वडा ९, पन्चाला – रु ८१०

छेडागाड नगरपालिका बाट
१२. बिरबहादुर कार्की – वडा १२, कार्कीगाउँ – रु १६५५
१३. धनबहादुर अधिकारी – वडा ९ – रु १६२५
१४. ममिलाल शर्मा – वडा ८, झिग्रा – रु ८१०
१५. तेजबहादुर सिंह – वडा १२, कार्कीगाउँ – रु ९७५
१६. निमबहादुर बुढा – वडा ९, साल्मा – रु ८१०

सिवालय गाउँपालिका बाट
१७. लोकेश बुढा – वडा ९, नाहाडा – रु २००५

भेरी नगरपालिका बाट
१८. जे.बी. सिंह – वडा २, रिसाङ्ग – रु १६२५
१९. दिनेश खत्री – वडा २, रिसाङ्ग – रु १००१
२०. क्रति रोकाय – वडा २, रिसाङ्ग – रु ९७५
21. धनबहादुर खड्का – वडा ४, बोहोरा – रु १००५
22. बिकाश शाही – वडा ६, पुन्मा – रु ६००
23. खिमराज वली – वडा २, पोखरा – रु ९७५
24. गणेश बहादुर खत्री – वडा २, नाउली – रु ८१०
25. मानबहादुर बिक – वडा ९, बास्कोट – रु १००५
26. विजय चन्द – वडा २, दारा – रु १६५५
27. भुपेन्द्र बिक – वडा ९ – रु ६५०
28. नवराज खड्का – वडा २ – रु २००
29. प्रशान्तजङ्ग शाही – वडा ३, स्याला – रु ८१०

नलगाड नगरपालिका बाट
30. हरि प्रकाश चदारा – वडा ८, काप्रा – रु ६००
31. टेकबहादुर शाही – वडा ७, खकेनकोट – रु ६५०

बारेकोट गाउँपालिका बाट
32. हेमन्त केसी – वडा ८, लैखुमा – रु १३००
33. जयराज नेपाली – वडा २ – रु १००५
34. राजेन्द्र रोकाय – वडा २, रोकायगाउँ – रु ११०१

जिल्ला बाहिरका सहयोगीहरू
35. लालजित खड्का – सल्यान, कुपुरकोट–६ – रु १५००
36. ज्ञानु श्रेष्ठ – धादिङ, गजुरी–५ – रु १६२५
37. बिमल श्रेष्ठ – मोरङ, मधुमल्ला–२ – रु ६८२
संकलनको कुल रकम
👉 हालसम्म संकलन भएको रकम 🌸 रु ४४,१५४ 🌸 पुगेको छ
अभियानमा उल्लेखनीय योगदान गर्ने
जीवन शाही (कुसे–२, तिमिल्धारा)
जनक बहादुर सिंह (कुसे–७, समाकोट)
बिरबहादुर कार्की (छेडागाड–१२, कार्कीगाउँ)
उनीहरूको नेतृत्वमा संकलन कार्य अझ व्यवस्थित बनेको छ।
         धरालीमा आएको यो विपत्तिले टालेगाउँका मात्र होइन, जाजरकोट र सम्पूर्ण नेपाली समुदायलाई पीडित बनाएको छ। तर, दुःखमा पनि देशभित्र र विदेशमा रहेका नेपालीहरूको सहयोगी भावनाले पीडित परिवारलाई ठूलो सहारा दिएको छ।

“हामी सबै मिलेर दुःखमा परेकालाई सहारा दिनेछौँ” भन्ने विश्वाससहित सहयोग अभियान मा आफुले सक्ने सहयोग गरिदिनुहुन अनुरोध छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update