नेभिगेशन
समाचार

बर्षौदेखि गाउँघरमै सीमित अष्टिम्की चित्र बनाई अष्टिम्की पूजा गर्दै आएका थारु समुदायले यसपटक पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा गरेका छन्।

 महिलाहरू परम्परागत संस्कृतिको पहिरन लेहङ्गा र चोलीमा सजिएर रेडियो गुर्वावा एफ.एम.को भवनबाट सुरु गरी बाँसगढी बजार परिक्रमा गर्दै नगरपालिकामा पुगेर अष्टिम्की पूजा सम्पन्न गरेका हुन्।

थारु समुदायको सांस्कृतिक गौरव मानिने अष्टिम्की पूजालाई यसरी नगरस्तरमा पु¥याउनु ऐतिहासिक कदम भएको स्थानीयको भनाइ छ। यस दिनलाई थारु समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रचार–प्रसारको दृष्टिले महत्वपूर्ण दिनका रूपमा लिएका छन्।

समुदायका अगुवाहरूले अष्टिम्कीलाई केवल धार्मिक अनुष्ठान नभई सामुदायिक एकता, मौलिकता र सांस्कृतिक सम्पदाको जगेर्नासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यस अवसरमा बाँसगढी नगरका स्थानीयवासीले थारु संस्कृति, पहिरन र परम्परागत श्रद्धा–भक्तिलाई नजिकैबाट अवलोकन गर्ने अवसर पाए। अष्टिम्की पूजाले नगरभित्र आपसी सद्भाव र एकताको सन्देश समेत प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update