नेभिगेशन
समाचार

लिम्चुङबुङमा ऐतिहासिक वृक्षरोपण कार्यक्रम हुँदै, दुई हजार धुपी सल्लाको विरुवा रोपिने

पर्यटन र वातावरण संरक्षणको अभूतपूर्व उदाहरणको रूपमा लिम्चुङबुङ गाउँपालिकामा यही पर्सी आइतबार (२०८२ साउन २५ गते) एक ऐतिहासिक वृक्षरोपण कार्यक्रम हुँदैछ।

नेकपा माओवादी केन्द्र लिम्चुङबुङको अगुवाई र आयोजनामा, “Green Limchungbung” अभियान अन्तर्गत Everest View Top Success Land भनिने लिम्चुङबुङको प्रमुख डाँडामा २,००० बोट धुपी सल्लाको विरुवा रोपिने कार्यक्रम तय भएको छ।

“आउनुहोस्, इतिहासको रचना गरौं!” भन्ने मूल नाराका साथ आयोजना हुने यो कार्यक्रम बिहान ठिक १० बजे सुरु हुनेछ।

सामूहिक प्रयासद्वारा पर्यटन प्रवर्द्धन र वातावरण संरक्षण दुबैलाई जोड्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सबै स्थानीयवासी, युवाहरू, संघसंस्थाहरू, विद्यार्थीहरू, जनप्रतिनिधिहरू, समाजसेवीहरू तथा सम्पूर्ण सचेत नागरिकहरूलाई सक्रिय सहभागी बन्न आयोजकले हार्दिक आह्वान गरेका छन्।

उल्लेखनीय छ, कार्यक्रमको माध्यमबाट लिम्चुङबुङलाई हरियाली गन्तव्य मात्र होइन, पर्यावरणीय चेतना र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

🌱 कार्यक्रममा सहभागी भइ,

धर्तीको सौन्दर्य थपौं,

पर्यटन प्रबर्द्धन गरौं,

हरियाली लिम्चुङबुङको सपना साकार पारौं।


✍️ सम्पर्क: आयोजन समितिः नेकपा माओवादी केन्द्र, लिम्चुङबुङ
📍 स्थान: Everest View Top Success Land, लिम्चुङबुङ
🕙 समय: बिहान १० बजे, आइतबार, साउन २५

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update