नेभिगेशन
समाचार

बर्दियामा ३ दिनको अथक प्रयासपछि पाटे बाघ नियन्त्रणमा 🐅

बर्दिया राष्ट्रिय निकुञ्जको चेपाङ रेन्ज क्षेत्रमा ३ दिनसम्म गरिएको संयुक्त प्रयासपछि एउटा पाटे बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको छ।

बाघ नियन्त्रणको अभियानमा बर्दिया राष्ट्रिय निकुञ्ज चेपाङ रेन्ज पोस्ट, चेपाङ उपभोक्ता समिती, नेशनल ट्रस्ट फर नेचर कन्भरसेसन (NTNC) बर्दिया, तथा नेपाली सेना (श्री जबरजङ्ग गण बर्दिया) को टोली सक्रिय रूपमा संलग्न थियो। सबै पक्षको समन्वय, प्रतिबद्धता र अथक मेहनतकै कारण बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।

बाघलाई नियन्त्रणमा लिनुपर्ने आवश्यकता स्थानीय बासिन्दाको सुरक्षाका लागि भएको बताइएको छ। पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएकाले यस्तो समन्वित अभियान आवश्यक भएको निकुञ्ज प्रशासनले जनाएको छ।

बाघलाई नियन्त्रणमा लिएपछि विशेषज्ञ टोलीमार्फत स्वास्थ्य परीक्षण गरिनेछ र आवश्यक निर्णय पश्चात सुरक्षित स्थानमा सारिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update