नेभिगेशन
समाचार

रा स्वपाका सभापति विपिन पौडेलको निधन ,सिङ्गो बर्दिया शोकमा

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका सभापति, समाजसेवी, युवाहरूका प्रेरणा र जनताको आवाज विपिन पौडेलको असामयिक निधनले सिङ्गो जिल्ला स्तब्ध र शोकाकुल बनेको छ।

व्यक्तिगत भ्रमणमा रहनुभएका विपिन पौडेलको  सिंगापुरमा हिजो राति हृदयघातका कारण निधन भएको खबरले

न केवल बर्दिया, सिङ्गो देश नै स्तब्ध भएको छ।

सधैं जनताको बीचमा देखिने,

सधैं हाँसीरहने अनुहार,

अब कहिल्यै फर्केर नआउने खबर सुन्दा

आँसु रोक्न सकिन्न… 😭

विपिन पौडेल राजनीति मात्र होइन, सामाजिक न्याय, युवा नेतृत्व, र परिवर्तनको प्रतिक हुनुहुन्थ्यो।
उहाँको शब्द, व्यवहार र दृष्टिकोणले थुप्रैलाई अघि बढ्न प्रेरित गर्‍यो।
आज त्यही प्रेरणा स्रोत एकाएक टाढा भएको अनुभूति—हृदय चिरा पार्नेछ।

पार्टी केन्द्र र प्रवासका साथीहरू उहाँको पार्थिव शरीर नेपाल ल्याउन लागि परेका छन्।
रा स्वपाका कार्यकर्ताले जानकारी दिनुभएको छ।

तपाईं हिजो मात्र हामीसँग हुनुहुन्थ्यो,

आज हामी तपाईंको शव कुर्नु परेको छ –

यो नियतिको यस्तो क्रूर व्यवहार

हाम्रो मन भित्र गहिरो घाउ बनाइदिएको छ।

घर, टोल, सडक, बजार —

जहाँ तपाईंको पाइला पुगेका थिए,

आज त्यहाँ चिसोछ, सुनसान छ,

र आँसु बगिरहेका छन्।

बर्दिया तपाईंलाई सधैं सम्झिरहनेछ।

तपाईंको सम्झनामा धेरै आँखाहरू रुन थालेका छन्।

 

…शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै,

यस्तो अपूरणीय क्षणमा तपाईंहरूमा अपार धैर्य, सहनशक्ति र संयमको शक्ति मिलोस् भन्ने कामना गर्छौं।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update