नेभिगेशन
बजार अर्थतन्त्र

सरकारद्वारा नसर्ने रोग नियन्त्रणमा ठुलो कदम: सातै प्रदेशमा मुटुरोग र क्यान्सर उपचार विस्तार, औषधि आपूर्तिमा नयाँ व्यवस्था

सरकारले नसर्ने रोगको प्रभावकारी नियन्त्रणका लागि विशिष्ट स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मुटु, मधुमेह, मिर्गौला, कलेजो र क्यान्सर जस्ता जटिल रोगहरुको पहिचान र उपचारका लागि दक्ष चिकित्सक तथा अत्याधुनिक उपकरणसहितको सेवा प्रवाह गरिने स्पष्ट पारेका छन्।

मन्त्री पौडेलले सातवटै प्रदेशमा मुटुरोग र क्यान्सर उपचार केन्द्र विस्तार गरिने जानकारी दिएका छन्। साथै, प्रत्येक वर्ष फागुन महिनामा देशभर नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने व्यवस्था मिलाइने बताएका छन्।

"आधारभूत स्वास्थ्य सेवाबाट सुरु भई आधारभूत अस्पतालहरूमा निःशुल्क औषधि उपलब्ध गराउने प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ," मन्त्री पौडेलले भने, "औषधि वितरणको पारदर्शिता कायम गर्न अभिलेख राखी वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।"

यस कार्यका लागि सरकारले २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेटले स्वास्थ्य प्रणालीमा विश्वास र पहुँच बढाउने आशा गरिएको छ।

नसर्ने रोगहरू हाल नेपालमा प्रमुख मृत्युको कारणमध्ये पर्दै गएका सन्दर्भमा सरकारले चालेको यो कदम स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि सावित हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update