नेभिगेशन
समाचार

राप्रपालाई बालेनको धन्यवाद ! लिङ्देन को भनाई मा प्रतिकृया,

– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई धन्यावाद दिएका छन्। मंगलबार बल्खुमा भएको कार्यक्रमपछि फोहोर आफैले सफा गरेको भन्दै मेयर साहले राप्रपालाई धन्यवाद दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरैधेरै धन्यवाद छ।’

आज बल्खुमा भएको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफै उठाउन कार्यकर्तालाई निर्देशन दिएका थिए। त्यसपछि राप्रपाका कार्यकर्ताले कार्यक्रमका क्रममा भएको फोहोर आफैले उठाएका थिए।

साथै लिङ्देनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौँ महानगरका मेयर बाेलन साहलाई चेतावनी पनि दिए।

यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update