नेभिगेशन
समाचार

५० मेगावट क्षमताको हाइड्रोपावरको काम अन्तिम चरणमा,

ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माणका कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माणको कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत गृहबाट आठ किलोमिटर टाढा रहेको एक सय ३२ केभिए ढुङ्गेसाँघु सबस्टेसनसम्मको तार बिछ्याउने कार्य समेत अन्तिम चरणमा पुगेको छ । विद्युत गृहबाट सबस्टेसनसम्म २८ वटा टावर निर्माण गरिएको छ । जसको करिब ५ प्रतिशत मात्रै तार बिछ्याउने कार्य बाँकी रहेको लिम्बूले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाको थुकिमा र लिबाङको नावा क्षेत्रमा ड्यामसाइड निर्माण गरी मेवाखोलाको पानी प्रयोग गरेर उत्पादन हुने आयोजनाको कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । ड्यामसाइडबाट चार दशमलब ८ किलोमिटरको सुरुङमार्गमार्फत पावर हाउसमा पानी पु¥याइने छ । आयोजनाको पावर हाउस खाम्लुङको मुनितर्फको भेग खोला खेतमा निर्माण गरिएको छ ।

नौ अर्बको लागतमा सम्पन्न हुने आयोजनाको अति प्रभावित क्षेत्रहरूमा थुकिमा, लिङतेप, खाम्लुङ, लिबाङ, मिक्वाखोला गाउँपालिकाको १ नम्बर वडा खोक्लिङ, आठराई त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा चाँगे र मैवाखोला गाउँपालिकाको १ नम्बर वडा ढुङगेसाँघु परेका छन् ।

आयोजनाले आइपिओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा दिएको आवेदन प्रक्रियामा रहेको बताइएको छ । जसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update