नेभिगेशन
समाचार

बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा

चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । उक्त हिंसात्मक प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि थियो । 

साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य राजावादी समूहको समेत साथ थियो । राजवादीदेखि दुर्गावादीसम्म एकै ठाउँमा भेला भएर गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भए । 

सो घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप मंगलबार अर्को प्रदर्शन र आमसभा गर्न लागेको छ ।  स्मरण रहोस्, राप्रपाको उक्त प्रदर्शनमा सुवेदी नेतृत्वको समितिको पनि साथ छ । 

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झन्डासहित कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेका छन् । गुरुङले शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update