नेभिगेशन
समाचार

गुडिरहेको बसमा सवार एक यात्रुको सिटमै मृ-त्यु

झापा, २०८१, माघ ८ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने झापाको झिलझिले चोकमा नागरिक यातायातको बसमा सवार एक यात्रुको मृ-त्यु भएको छ। प्राप्त जानकारी अनुसार, यात्रु महिला बसको सिटमा ढलेपछि अन्य यात्रुहरुले घटनालाई देखेर बस चालकलाई सूचना दिएका थिए। चालकले तत्कालै बस रोक्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुगेपछि शवलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, महिला यात्रुको मृ-त्यु स्वास्थ्यसम्बन्धी कारणले भएको हुनसक्ने अनुमान गरिएको छ। तर, घटनाको थप जानकारी र कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।

झापा प्रहरीका अनुसार, मृतक महिलाको पहिचान र अन्य विवरणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update