नेभिगेशन
समाचार

सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज वास्तोला पदमुक्त

सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज वास्तोला पदमुक्त

काठमाडौँ । नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’को सम्बोधन गर्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् । उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’को सम्बोधन गरेका थिए । यसपछि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण माग गरेकामा जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ । यस मन्त्रालयको मिति २०८१।११।१३ को निर्णयअनुसार दुई वर्षको लागि पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धकमा नियुक्त रमेशराज वास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१।११।२६ (मा. मन्त्रीस्तर) को निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update