नेभिगेशन
समाचार

हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण

हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्ट पारेको हो । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर÷अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत वितरण लाइन चालू रहेको बताए ।  उक्त समयदेखि लाइन चालू रहेको र काठमाडौं उपत्यकाका खानेपानी लि. (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे । खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गरी काम भइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update