नेभिगेशन
समाचार

बेलौरी नगरपालिका–३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर- बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।

आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ ।

दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो ।

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update