नेभिगेशन
समाचार

काठमाडौँ आउँदै गरेका ७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

काठमाडौँ आउँदै गरेका ७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

काठमाडौँ । काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।आरोपीहरूको साथबाट ३२ थान मोबाएल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । मोबाइल चेकजाँच गर्दा उनीहरुले १ करोड ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । बरामद मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने एसएसपी अधिकारीले जानकारी दिए ।भारतीयहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update