नेभिगेशन
समाचार

राजतन्त्रको पक्षमा जनलहर छ भन्नु भ्रम: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विरुद्धमा जनलहर छ भन्ने कुरा साँचो नभएको बताएका छन्।

शुक्रबार बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री लेखकले राजतन्त्रको पक्षमा जनलहर छ भनेर भ्रम फैलाउन खोजिएको बताएका हुन्।

गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै उनले व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताए।

उनले भने,’अहिले राजतन्त्रको पक्षमा जनलहर छ भन्ने भ्रम फैलाउन खोजिँदै छ,’ उनले भने,’तर, गणतन्त्रविरुद्ध जनलहर छ भन्ने कुरा साँचो होइन।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update