नेभिगेशन
समाचार

लाल मोहम्मद हत्याका आरोपी प्रहरी नियन्त्रणमा

प्रहरीले काठमाडौंको टोखाबाट एक फरार आरोपीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गरेको हो ।

पटेल दुई वर्षअघि काठमाडौंको गोठाटारमा लाल मोहम्मद हत्याका एक आरोपी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भारतबाट नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको पिछा गरेको थियो । टोखा क्षेत्रमा रहेको सूचना पाएर पुगेको प्रहरीले पटेललाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरेको थियो । प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि बल प्रयोग भएको एसएसपी बस्नेतले जानकारी दिनुभयो ।

२०७९ साल असोजमा काठमाडौंको गोठाटारमा गार्मेन्ट उद्योग चलाएर बसेका लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । घटनाका अर्का आरोपी गत वर्ष पर्सामा पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update