नेभिगेशन
समाचार

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।

यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउँछन् । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update