नेभिगेशन
समाचार

नेपाली कांग्रेस नगर सचिव अमर बुढा नेकपा (माओवादी केन्द्र) मा समाहित।

नेपाली कांग्रेस नगर सचिव अमर बुढा नेकपा (माओवादी केन्द्र) मा समाहित।

 


नेपाली कांग्रेस नगर सचिव अमर बुढा नेकपा (माओवादी केन्द्र) मा समाहित।

छेडागाड, जाजरकोट : नेपाली कांग्रेस नगर कमिटीका सह-सचिव अमर बुढा नेकपा (माओवादी केन्द्र) मा समाहित भएका छन्। क्रान्तिकारी विचारधाराका उर्जावान युवा नेताका रूपमा परिचित बुढाले कांग्रेस परित्याग गर्दै माओवादी केन्द्र रोजेका हुन्।

बुढाले आफ्नो निर्णयबारे जानकारी दिँदै भने, “समाज परिवर्तनको महाअभियानमा सक्रिय रूपमा सहभागी हुन म माओवादी केन्द्रमा सामेल भएको हुँ। हाम्रो देश र समाजलाई समृद्ध बनाउने लक्ष्यसहित म पार्टीसँगै संघर्ष गर्दै जानेछु।”

उहाँले नेपाली कांग्रेससँग आफ्नो वैचारिक भिन्नता रहेको र आगामी राजनीतिक यात्राका लागि माओवादी केन्द्र उपयुक्त पार्टी भएको बताए।

कमरेड अमर बुढाको आगमनलाई माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका छन्। पार्टीका केन्द्रीय सदस्य यज्ञ  बहादुर खत्रीले  उनलाई पार्टीमा स्वागत गर्दै भने, “युवा नेतृत्वको आगमनले पार्टीलाई थप बलियो बनाउनेछ।”

स्थानीय नेता तथा कार्यकर्ताहरूले बुढाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै समाज परिवर्तन र समृद्धिका लागि महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update