नेभिगेशन
समाचार

काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम

सरकारले एकैपटक ७८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । तर, काठमाडौं महानगरमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या समाधान भएन ।

क्याबिनेट बैठकको ३ दिनपछि सार्वजनिक भएको सूचीमा महानगर दरबन्दी रहेका सरोज गुरागाईँको नाम छैन ।

सुरूमा ८० जनाको सरुवा गरिएकोमा महानगरमा खटाइएका सहसचिव जान नमानेपछि २ जनाको नाम काटेर ७८ जनाको मात्र लिष्ट सार्वजनिक गरिएको बताइएको छ ।

एको मान्छे जान नमानेकाले केही दिन ढिला भएको बताए । जान नमान्नेको नाम भने उनले खुलाएनन् ।

मन्त्री गुप्ताले नेपाल प्रेससँग भने, ‘एकजना सहसचिवलाई सरुवा गरिएको थियो अन्तिम समयमा जान मान्नुभएन । मन्त्रीस्तरीय निर्णयबाटै भएपनि २/३ दिनभित्र काजमा पठाउँछु ।’

गुप्ताले सोमबार रिक्त ठाउँहरूमा छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

संसद भवन परिसरबाट उनले भनेका थिए, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो । मेयर सा’बको भूमिका त्यसभन्दा पृथक छ ।’

०८१ भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदीप परियारलाई महानगरबाट सरुवा गरेर सञ्चारमन्त्रालय पठाएको थियो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई पठाइएको थियो । तर, उनको मेयर बालेनसँग केमेस्ट्री मिल्न सकेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update