नेपाल र म्यानमारबीचको चारदेशीय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपालले पाएका दुई सुनाैला अवसरलाई गोलमा परिणत गर्न सकेन । म्यानमारले पनि केही माैका गुमायो ।
लिग चरणमा पनि नेपाल र म्यानमार भिडेका थिए । फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको म्यानमारलाई नेपालले दुई–दुई गोलको बराबरीमा रोकेको थियो ।