काठमाडौँ । भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष मंगलबार नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.), दलवीर सिंह सुहाग (अ.प्रा.), मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् ।
उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।