नेभिगेशन
समाचार

रविको निवेदनमा उच्चले माग्यो कैफियत प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग्ने आदेश जारी गरेको छ।

न्यायाधीश मिलनकुमार राईको इजालसले मंगलबार जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलगायत ७ जना प्रतिवादीलाई छाड्न थुनछेक आदेश दिएको थियो।

रविलाई तोकेको धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने जिकिरसहित सोमबार उच्चमा निवेदन दर्ता भएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ७३ अनुसार दर्ता भएको निवेदन उपर उच्चले फैसला गरेको हो।

धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ।thumb-1738079072.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update