गाजा । हमासले शनिबार रिहा गर्न लागेका ६ जनामध्ये पहिलो दुई बन्धकलाई छाडेको गरेको छ । यसरी रिहा हुनेमा ताल शोहम र अभेरा मेनगिस्टु रहेका छन् ।राफाहबाट रिहा गरिएका उनीहरूलाई रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । मेनगिस्टु सन् २०१४ देखि हमासको कब्जामा रहेका थिए भने ४० वर्षीय शोहमालाई भने सन् २०२३ को अक्टोबरमा बन्धक बनाइएको थियो ।बाँकी ४ बन्धकलाई मध्य गाजाको नुसेइरतबाट रिहा गरिने बताइएको छ । यसको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ ।