नेभिगेशन
समाचार

पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि

पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि

पानामा सिटी । अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेकोफर्कने व्यवस्था नभएसम्म उनीहरू सबै यही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् ।  होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ ।केही आप्रवासीहरू सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटलको झ्यालहरूमा उभिएको पनि देखिन्थे । यसमा ‘मलाई मद्दत गर्नुहोस् र हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भनेर लेखिएको थियो । जानकारी अनुसार, सबै आप्रवासीहरू १० एसियाली देशका छन् । यिनीहरू मूलतः नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका हुन् । यी देशमा डिपोर्ट गर्न गाह्रो भएकोलेअमेरिकाले पानामालाई यिनीहरू राख्ने ठाउँको रुपमा प्रयोग गरिररहेको छ । यसैबिच, ट्रम्पको पानामा नहरको नियन्त्रण लिने धम्कीका कारण राजनीतिक दबाबमा रहेका पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले गत बिहीबार डिपोर्टीहरू बोकेर पहिलो विमान आउन लागेको बताएका थिए ।  खबरका अनुसार ३०० आप्रवासीमध्ये अहिलेसम्म १७१ जना अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा आ–आफ्नो देशसंयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले बाँकी १२९ जनालाई कुनै तेस्रो देशमा पुनर्वास गराउन सकियोस् भनेर विकल्प खोजिरहेको भनिएको छ । आफ्नो देश फर्कन तयार नभएका आप्रवासीहरूलाई पानामाको डारियन प्रान्तको विशेष केन्द्रमा राखिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update