नेभिगेशन
समाचार

दोस्रोपटक पक्राउ परेकी आशिका तामाङलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट धरौटी बुझाएर सोमबार छुटेलगत्तै पक्राउ परेकी अभियन्ता आशिका तामाङलाई भोलिपल्ट मंगलबार म्याद थपका लागि जिल्ला अदालत भक्तपुर लगिएको छ।

अभद्र व्यवहारको आरोपमा सोमबार तामाङ १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन्। त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले आशिकालाई अर्को ‘बहानामा’ जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो।

प्रहरी परिसर भक्तपुरले मंगलबार यसबारे अनुसन्धान गरी आशिकालाई जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो।

म्याद थपका लागि अदालतमा पुर्‍याएको जानकारी प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले दिए। ‘म्याद थपका लागि अदालत ल्याएका छौँ,’ उनले भने।

तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ। उनले  काठमाडौँ-भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर सङ्कलन गर्ने कार्यको विरोध गरेकी थिइन्।

कर सङ्कलन गर्ने रसिद्समेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन्। त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाले तामाङविरुद्ध उजुरी दर्ता गराएको थियोashika-tamang-1738079241.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update