नेभिगेशन
समाचार

पटक पटक खानेपानीका पाइप फुट्नु कसको लापरबाही ?

गत बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भयो । गत असोजमा लगातार तीन दिन परेको पानीझैँ बबरमहल क्षेत्र डुबानमा परेको देखिन्थ्यो । त्यहाँ मेलम्चीको खानेपानी पाइप फुटेको थियो ।

काठमाडौँमा उपत्यकामा विभिन्न समयमा खानेपानी र ढलका पाइपहरू फुट्ने समस्या नयाँ होइन । मेलम्चीको पानी काठमाडौँमा ल्याइएसँगै खानेपानीका पाइप फुट्ने समस्या बढेको छ ।

२०७७ फागुन २२ गते फ्लसिङ टनेलमार्फत मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको थियो । २०७७ चैत १५ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरेको थियो । शुभारम्भसँगै काठमाडौँ उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानीको वितरण भइरहेको छ । 

यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने प्रणाली र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबिच आपसी समन्वय हुन नसकेको देखिन्छ । यसले पनि सरकारी निकायहरूबिच समन्वय र समझदारीविना काम गर्दा समस्या भएको देखाएको छ । 

लैनचौरमा तीन वर्षअघि फुटेको थियो पाइप

२०७९ मंसिर २६ गते मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा लैनचौर क्षेत्र जलमग्न भएको थियो । जसका कारण सडक भत्किनुका साथै पैदल यात्रु र सवारी आवागमनसमेत प्रभावित भएको थियो । 

गत मंसिरमा नयाँ बजार क्षेत्रमा पनि खानेपानीको पाइप फुट्दा यस्तै भएको थियो । सानो र पुरानो पाइपमा पानीको चाप बढी भएकाले पाइप फुटेको केयूकेएलले जनाएको थियो । मेलम्चीको पानी वितरणसँगै यस्ता धेरै ठाउँमा समस्या आएका छन् । 

ठेकेदारको लापरबाही कि कम गुणस्तरको पाइप ?

गत बुधबार बबरमहलमा भएको घटनामा पाइप गुणस्तरभन्दा पनि ठेकेदारको लापरबाहीका कारण भएको काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता चन्द्रकुमार श्रेष्ठ बताउँछन् । नेपाल विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको उनले बताए । 

पानी वितरणका लागि बिछ्याएको २० इन्च मोटो फलामे पाइपको गुणस्तरमा कमी नभएको श्रेष्ठले दाबी गरे । निर्देशनालयले ठेक्का सम्झौता हुँदा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको पाइप बिछ्याएकाले गुणस्तरमा कमजोरी भन्न नमिल्ने उनको भनाइ थियो

 

पिआइडीका प्रवक्ता श्रेष्ठका अनुसार मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्चको पाइप गाडेको छ  । विद्युत् प्राधिकरणले तार भूमिगत गराउने योजनाअन्तर्गत त्यसैमाथि खन्ने क्रममा फलामे पाइप फुटेको बताए । प्राधिकरण काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले आफूहरूका कारण पाइप फुटेको स्वीकार पनि गरिसकेको छ । 

खानेपानीका ४२ हजार ३९ वटा पाइप

विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनहरूले साना ठुला गरी करिब ४२ हजार ३९ वटा पाइपमार्फत खानेपानी विभागले उपत्यकामा पानी वितरण गरिरहेको छ । यसबाट करिब २८ लाख ४२ हजार ७ सय २१ घरहरूमा निजी तथा सार्वजनिक धाराबाट खानेपानी सेवा प्रदान गरिरहेको देखिन्छ ।

। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update