नेभिगेशन
समाचार

केआइआइटीको छात्रावासबाट निकालिएका विद्यार्थीको पढाइ र सुरक्षाको सुनिश्चितता भइसक्योः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाइ र सुरक्षाको सुनिश्चितता भइसकेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपाली दूतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गरे। उनले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भीर रहेको समेत बताए।

उनले भने, ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो। त्यसपछि हाम्रो दिल्लीस्थित दूतावासले यसमा काम गरेको छ। दूतावासका पदाधिकारी भारत सरकार, उडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ।’

उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गर्न समेत भारत सरकारलाई आग्रह बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update