नेभिगेशन
समाचार

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । त्यसपछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।

अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम र भवानी न्यौपाने दाहाल प्रमुख दाबेदार छन् । दाहाल र गौतम दुवै हाल संगठनका उपाध्यक्ष छन् ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्षमा दाबी नछाड्ने अडानमा छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने प्रयासमा छिन् ।

दुवैले संगठनलाई पारदर्शी र गतिशील बनाइराख्ने तथा निजामती कर्मचारीको हकहित र वृत्तिविकासमा पहल गर्ने मुद्दा उठाएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने कि निर्वाचनबाट भन्नेमा सहमति जुटिसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update