नेभिगेशन
समाचार

अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा एक बैंकबाट तलब लिन पर्खिरहेका मानिसहरूको लाइनलाई लक्षित गरी भएको आक्रमणमा सात जना घाइतेसमेत भएका छन्।

‘घरेलु विस्फोटक उपकरणहरू बोकेका एक आत्मघाती बम विस्फोटकले आफैँलाई विस्फोट गराए,’ कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले भने, ‘कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ।’

उनले मृतकहरूमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्यहरू रहेको जनाकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update