नेभिगेशन
समाचार

२८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपालबाट सूचना–प्रविधि (आईटी)सम्बन्धी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा २८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्म आईटी निर्यात गरिएको हो । यसअवधिमा तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा आयात भएको छ।

 

साउनदेखि मसिंरसम्म पाँच महिनामा आईटी निर्यात २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ थियो । एक महिनामै करिब पाँच अर्ब १६ करोड रुपैयाँबढीको निर्यात भएको हो ।

 नेपालबाट सेवा निर्यात गर्ने व्यक्ति तथा कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थामा उक्त शीर्षकमा प्राप्त रकमको विवरणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक सार्वजनिक गर्छ ।

गत आर्थिक वर्षको भने यस्तो विवरण अलग छैन । अनलाइनबाट दिइने व्यापार एवं व्यावसायिक सेवाबाहेक दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा मात्रको भने विवरण उपलब्ध छ ।

दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा गत आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड रुपैयाँको  निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update