नेभिगेशन
समाचार

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

कतारले अवैध रूपमा बसेको विदेशी नागरिकलाई आममाफी दिन थालेको छ । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो ।

आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । एक सार्वजनिक घोषणा गर्दै फेब्रुअरी ९ देखि लागु हुने आममाफी ३ महिनासम्म रहने जनाएको हो । कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिने जनाएको हो । उक्त अवधिमा बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन पाउनेछन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update