नेभिगेशन
समाचार

अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा मृत्यु भेटिएका १५ वर्षीय

अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा मृत्यु भेटिएका १५ वर्षीय ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्काको हत्या भएको आशंका गरिएको छ । उनीहरू माघ १२ मा मृत भेटिएका हुन् ।

achham_rPtvehW5Ur-1738169124.jpg
 

हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । सीआईबीको इन्स्पेक्टर नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्घटना अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पनि छुट्टाछुट्टै टिम परिचालन गरिएको छ । हत्यामा संलग्न आशंकामा दुईजनालाई पक्राउ गरिएको अछामका डीएसपी ईश्वरी भण्डारीले रातोपाटीलाई बताए । पक्राउ परेकाहरू २० वर्षभन्दा कम उमेरको भएको हुनाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन । उनीहरुविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

शुक्रबार जंगलमा बाख्रा चराउन गएका उनीहरू शनिबार मृत भेटिएका थिए । सरस्वती कमलबजार नगरपालिकामा रहेको स्याउले खान माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्थिन् । 

दुवै जनाको टाउकोमा चोट देखिएको छ । भेरी अस्पतालमा पोष्टमार्टम पछि परिवारले शव बुझेका छन् । किशोरीहरुको भजाइनल स्वाब, रगत र भिसेरा परीक्षणको लागी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको डीएसपी भण्डारीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update