नेभिगेशन
समाचार

चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण विश्व खाद्य मूल्यमा गिरावट: एफएओ

मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।

नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।

जनवरीमा पाँचमध्ये तीन उप–सूचकाङ्कमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यूनस्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।

तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update