नेभिगेशन
समाचार

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ। बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा उनी बाख्रा चराउन गएका बला बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेका थिए ।

घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update