नेभिगेशन
समाचार

जाजरकोट जिल्लाको कुसे गाउँपालिका मा “मोहन विक्रम शाहीको पहलमा कामदारले पाए पारिश्रमिक !”

जाजरकोटको कुशे गाउँपालिका वडा नं. ४ तागाचौरस्थित  खानेपानी योजनामा भएको आर्थिक अनियमितताको विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुशे गाउँपालिका सभापति मोहन विक्रम शाहीले कडा रूपमा उठान गरेका छन्।


योजनामा समितिद्वारा रकम अपचलन तथा हिनामिना गरिएको आरोपपछि कामदारहरूले लामो समयसम्म आफ्नो श्रमको पारिश्रमिक नपाएको अवस्था सिर्जना भएको थियो। उक्त विषय सार्वजनिक भएपछि रास्वपा कुशेका सभापति शाहीको नेतृत्वमा पहल, दबाब र खबरदारी गर्दै सम्बन्धित पक्षबाट रकम असुल गराई श्रमिकहरूलाई उनीहरूको उचित पारिश्रमिक उपलब्ध गराइएको बताइएको छ।


सभापति मोहन विक्रम शाहीले भ्रष्टाचार, बेथिति, अनियमितता र कुशासनविरुद्ध अब युवा पुस्ता चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार,
“देश परिवर्तनको संघारमा छ। अब भ्रष्टाचार गरेर लुक्ने दिन सकिएको छ। जब युवा जाग्छ, परिवर्तन अवश्य हुन्छ। समाजलाई सभ्य, पारदर्शी र उत्तरदायी बनाउन यो अभियान निरन्तर चलिरहनेछ,” उल्लेख गरिएको छ।


उनले यो अभियान केवल एउटा योजनामा सीमित नरहने भन्दै जहाँसुकै जनताको रकम दुरुपयोग हुन्छ, त्यहाँ सशक्त आवाज उठाइने चेतावनीसमेत दिएका छन्।
स्थानीय स्तरमा मोहन विक्रम शाहीको सक्रियतालाई धेरैले श्रमिकको पक्षमा गरिएको साहसी कदमको रूपमा लिएका छन्। सार्वजनिक योजनामा पारदर्शिता, जनउत्तरदायित्व र श्रमिकको सम्मान सुनिश्चित गर्न यस्तो खबरदारी आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update