नेभिगेशन
समाचार

बाजुरा-हुम्ला सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा–च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।


मुख्यमन्त्री कँडेलले बिहीबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण स्थानीय नागरिकबीच द्वन्द्व बढ्दै गएको तथा शान्ति सुरक्षामा असर परेर जनजीवन प्रभावित भएको उल्लेख गरेका छन् ।


पत्रमा मुख्यमन्त्री कँडेलले दुई जिल्लाबीचको सीमा विवादले थप तनाव सिर्जना गर्न सक्ने भन्दै समयमै आवश्यक सजकता अपनाउन संघीय सरकारलाई आग्रह गरेका छन् । उनले विवादका कारण कुनै पनि प्रकारको थप क्षति हुन नदिन प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् ।


मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि संघीय सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । साथै, स्थानीय स्तरमा देखिएको असमझदारीलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update