नेभिगेशन
समाचार

काफल बेच्ने महिलामाथि दु *र्व्यवहार गर्ने नगर प्रहरीलाई कार * बाही गरिने

वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल बेच्दै गरेकी एक महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि विभागीय कारबाही गर्ने भएको छ।
फुटपाथ व्यवस्थापन गर्ने क्रममा वीरेन्द्रनगर–६ स्थित सिटी बस पार्क क्षेत्रमा काफल बिक्री गर्दै आएकी धमिला चौलागाईंमाथि नगर प्रहरीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो।


घटनापछि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले सूचना जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले नगरपालिकाको तर्फबाट माफी माग्दै संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने बताएका छन्।


यसैबीच, वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले काफल व्यवसायी धमिला चौलागाईंलाई नगरपालिकामा बोलाएर भेटघाट गरेकी छन्। भेटका क्रममा मेयर ढकालले घटनाप्रति क्षमायाचना गर्दै उचित क्षतिपूर्ति प्रदान गरेकी हुन्।


नगरपालिकाले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएपछि सामाजिक सञ्जालमा भइरहेको आलोचना समेत केही मत्थर भएको देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update