नेभिगेशन
समाचार

सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।

नेपाली कांग्रेसभित्र फेरि आन्तरिक विवाद सतहमा आएको छ। संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि पार्टीभित्रको किचलो पुनः चर्किएको हो।


निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च अदालत पुगेको र फैसला नआएसम्म सोही जिम्मेवारीमा यथावत् रहने दाबी गरेका छन्। खड्काले सोही हैसियतमा वक्तव्य जारी गरेपछि विवाद अझ प्रस्ट रूपमा बाहिर आएको छ।


पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले पनि कांग्रेसभित्रको मतभेदलाई थप तीव्र बनाएको छ। उक्त विषयमा संस्थापन र इतर समूहबीच दृष्टिकोण नै फरक देखिएको छ। इतर समूहले आक्रामक (गरम) शैली अपनाएको छ भने संस्थापन पक्ष संयमित (नरम) रूपमा प्रस्तुत भएको देखिन्छ।


लेखक पक्राउ परेसँगै इतर समूहले आधिकारिक पार्टीजस्तै गतिविधि सञ्चालन गर्न थालेको छ, जसले राजनीतिक वृत्तमा ‘दुई कांग्रेस’ जस्तो अवस्था सिर्जना भएको टिप्पणी हुन थालेको छ।
उता पार्टी संस्थापन पक्षले भने लेखकको नाम नै उल्लेख नगरी विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई ‘सेलेक्टिभ’ भनेको छ।

तर, सो विषयमा कुनै आन्दोलनका कार्यक्रम घोषणा नगर्ने स्पष्ट पारेको छ।
यस घटनाक्रमसँगै आगामी दिनमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अझ चर्किने संकेत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update