नेभिगेशन
समाचार

रास्वपा समर्थकबाट ज्यान मा *र्ने धम्की आएको भन्दै हर्क साम्पाङको साइबर ब्युरोमा उजुरी

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्।
साम्पाङले सोमबार सुनिता खड्का नामकी एक महिलाविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा उनले खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक रहेको उल्लेख गरेका छन्।


साम्पाङका अनुसार ती महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई ज्यान मार्ने तथा घर जलाइदिने सम्मको धम्की दिँदै सार्वजनिक रूपमा गालीगलौज गरेकी छन्। उनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।


‘टिकटकमार्फत ज्यान मार्ने र घर जलाउनेसम्मका धम्की दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरिएको छ,’ उजुरीमा उल्लेख गर्दै साम्पाङले यस्तो गतिविधिले सामाजिक सञ्जालको दुरुपयोग बढाएको समेत बताएका छन्।
यस विषयमा साइबर ब्युरोले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update