नेभिगेशन
समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार मन्त्रीहरूसँग शासकीय सुधार कार्यान्वयनका विषयमा विस्तृत छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उहाँले मन्त्रीहरूसँग सामूहिक तथा छुट्टाछुट्टै संवाद गर्नुभएको हो।


सरकारले शनिबार सार्वजनिक गरेको १ सय बुँदे ‘शासकीय सुधार कार्यसूची’ कार्यान्वयनलाई केन्द्रमा राख्दै छलफल गरिएको बताइएको छ। उक्त कार्यसूची शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत भएको थियो, जसमा विभिन्न मन्त्रालय तथा विभागले गर्ने कामकारबाही समेटिएका छन्।


बैठकमा सहभागी एक मन्त्रीका अनुसार, कार्यसूची कार्यान्वयनका क्रममा देखिन सक्ने जटिलता, चुनौती तथा समाधानका उपायबारे प्रधानमन्त्रीले मन्त्रीहरूको राय लिनुभएको थियो। साथै, योजनालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय र तयारीबारे पनि छलफल भएको जनाइएको छ।
सरकारले सुशासन प्रवर्द्धन, प्रशासनिक पुनर्संरचना तथा जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने लक्ष्यसहित महत्त्वाकांक्षी योजना अघि सारेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update