नेभिगेशन
समाचार

३५ वर्षमै प्रधानमन्त्री बने बालेन्द्र शाह, १५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ३५ वर्षको उमेरमै देशको कार्यकारी नेतृत्व सम्हालेका उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेका छन्।


पार्टी सभापति रवि लामिछानेले सुरुवातमा १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने संकेत गरे पनि प्रधानमन्त्री शाहले सानो र कार्यक्षम टोलीमार्फत सरकार सञ्चालन गर्ने रणनीति लिएका हुन्। यद्यपि मन्त्रिपरिषद्को अन्तिम सूची भने अझै राष्ट्रपतिको कार्यालयमा पठाइएको छैन।


प्रस्तावित मन्त्रिपरिषद् यस्तो छ:
बालेन्द्र शाह – प्रधानमन्त्री
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
सुदन गुरुङ – गृहमन्त्री
प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
गणेश पौडेल – पर्यटन मन्त्री
अमरेश सिंह – उद्योग मन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी – कृषिमन्त्री
सस्मित पोखरेल – शिक्षा मन्त्री
निशा मेहता – स्वास्थ्य मन्त्री
सीता वादी – महिला, बालबालिका मन्त्री
सोबिता गौतम – कानुन मन्त्री
विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
प्रधानमन्त्री शाहको यो निर्णयलाई ‘सानो तर प्रभावकारी मन्त्रिपरिषद्’ को अवधारणाका रूपमा हेरिएको छ। अब उनको मन्त्रिपरिषद् सूची औपचारिक रूपमा स्वीकृत भएपछि सरकार गठनले पूर्णता पाउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update