नेभिगेशन
समाचार

अमेरिकी मन्त्री बस्ने सैन्य बेसमाथि रहस्यमय ड्रोन, सुरक्षा चिन्ता बढ्यो

अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ बर्ने वासिङ्टनस्थित एक सैन्य शिविरमाथि अपरिचित ड्रोनहरू उडेको पाइएको छ।

अपरिचित ड्रोनहरू उडेको घटना सार्वजनिक भएपछि अमेरिकामा सुरक्षा चिन्ता बढेको छ।
The Washington Post का अनुसार पछिल्लो १० दिनभित्र एक रात सो सैन्य बेसमाथि धेरै ड्रोनहरू देखिएका थिए। उक्त बेसमा दुई वरिष्ठ मन्त्री बस्दै आएका कारण घटनालाई गम्भीर रूपमा हेरिएको छ।
ड्रोनहरू देखिएपछि रुबियो र हेगसेथलाई अन्य सुरक्षित स्थानमा सार्ने विषयमा समेत आन्तरिक रूपमा छलफल भएको बताइएको छ। यद्यपि ती ड्रोन कहाँबाट आएका हुन् र कसले सञ्चालन गरेको हो भन्ने अझै खुलेको छैन।
Donald Trump नेतृत्वको प्रशासनमा रहेका यी दुई मन्त्री राष्ट्रिय सुरक्षासम्बन्धी महत्वपूर्ण निर्णय प्रक्रियामा संलग्न छन्। JD Vance भने हाल युद्धसम्बन्धी निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न नरहेको जनाइएको छ।


यसैबीच United States र Israel ले करिब तीन हप्ताअघि Iran विरुद्ध युद्ध सुरु गरेपछि विश्वव्यापी सुरक्षा सतर्कता बढाइएको छ। अमेरिकाले विदेशस्थित आफ्ना कूटनीतिक नियोगहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ भने आन्तरिक सैन्य संरचनाहरूमा समेत ‘लकडाउन’ गरिएको छ।


यस्तो संवेदनशील अवस्थामा उच्च अधिकारी बस्ने सैन्य बेसमाथि रहस्यमय ड्रोन देखिनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update