नेभिगेशन
समाचार

पाथीभरामा बाक्लो हिमपात

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोदेखि वर्षासँगै हिमपात भएको छ। समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित मन्दिर आसपास बाक्लो हिमपात भएपछि क्षेत्रमा चिसो उल्लेख्य रूपमा बढेको छ।


मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समिति का कर्मचारी राजेन्द्र महतका अनुसार यो वर्षमा चौथोपटक हिमपात भएको हो। उनका अनुसार मन्दिर परिसर, आसपासका क्षेत्र तथा फुङलिङ नगरपालिका–१० काफ्लेपाटी सम्म नै हिमपात भइरहेको छ।
गत वर्षको तुलनामा यसपटकको हिमपात बढी भएको महतले बताए। हिमपातका कारण चिसो बढे पनि दर्शनार्थीहरूको आगमन पूर्ण रूपमा रोकिएको छैन।

पाथीभराको मुख्य सिजन सुरु भएसँगै पछिल्लो समय भक्तजनको सङ्ख्या बढ्दै गएको छ। हिमपातका बीच पनि श्रद्धालुहरू मन्दिर पुगेर दर्शन गरिरहेको उनले जानकारी दिए।


विशेषगरी मङ्गलबार र शनिबार अन्य दिनको तुलनामा अत्यधिक तीर्थयात्री पाथीभरा पुग्ने गरेका छन्। हिमपातले आवागमनमा केही असहजता ल्याए पनि धार्मिक आस्थाका कारण भक्तजनको उत्साह भने कायमै रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update