नेभिगेशन
समाचार

आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको आभा एफसी सेमिफाइनलमा

पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
पोखरा रङ्गशालामा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा आभा एफसीले प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक क्षणमा आभा एफसी बलियो देखियो।
खेलको ५६औँ मिनेटमा उमिदजोन करिलोभले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार नै निर्णायक बन्यो। उनको प्रहार सिधै जाली चुमेपछि आभाले अग्रता लिएको थियो। त्यसपछि प्लानिङ ब्वाइजले बराबरी गोलका लागि दबाब सिर्जना गरे पनि सफलता हात पार्न सकेन।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङ्दी क्लब बीच बुधबार प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा आभा एफसीले बिहीबार जावलाखेल युथ क्लब सँग भिड्ने तालिका छ।
माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ। प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्।
यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिनेछ भने अन्य पाँच विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update