नेभिगेशन
समाचार

पोखरामा ‘Khalti by IME – Agent अन्तरक्रिया’ सम्पन्न, १७०+ एजेन्टको सहभागिता

शनिबार, फागुन २ गते, २०८२ मा पोखराको शृजना चोकस्थित White House Party Palaceमा Khalti by IMEद्वारा आयोजित “Agent अन्तरक्रिया” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट १७० भन्दा बढी एजेन्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा Khalti by IME का केन्द्रीय कार्यालयबाट उपस्थित Chief Business Officer आशिष गौतम, Assistant Chief Business Officer निशान्त बि.सी., साथै दिनेश वस्ती र विजय सुबेदीले मर्जरपछिको कार्यदिशा, उत्पादन रणनीति तथा एजेन्टहरूले उठाएका गुनासो र जिज्ञासाबारे स्पष्ट पार्दै प्रत्यक्ष संवाद गर्नुभयो।


त्यसैगरी, हवाई टिकट, सिम कार्ड बिक्री लगायतका सेवाबाट एजेन्टहरूले कसरी थप लाभ लिन सक्छन् भन्ने विषयमा मेरिना रिजाल र श्रिजना तिमिल्सिनाले विस्तृत प्रस्तुति दिँदै सहभागीहरूको प्रश्नको समाधान गर्नुभयो।
कार्यक्रमलाई IME Remit Limited का तर्फबाट उपस्थित अतिथि बिक्री प्रमुख जगत प्रसाद रिजालले सम्बोधन गर्दै डिजिटल भुक्तानी र एजेन्ट नेटवर्कबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
समापनमा Khalti प्रतिनिधि विश्वराज बस्नेतले यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा देशका अन्य शहरहरूमा पनि विस्तार गरिने जानकारी दिनुभयो। Khalti by IME ले उत्पादन र प्रविधिमा निरन्तर सुधार गर्दै डिजिटल बजारमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update