नेभिगेशन
समाचार

बालेन महोत्तरीको एकडारा पुग्दै पुर्ख्यौली घरमा ढोग,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावलक्षित यात्राका क्रममा महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर पुगेका छन्। जनकपुरबाट जलेश्वर हुँदै उनी सिधै गाउँ पुगेका हुन्।
यसअघि जनकपुरबाट धनुषाको नगराईन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर पुग्ने कार्यक्रम तय भए पनि सुरक्षा कारणले रुट परिवर्तन गरिएको रास्वपाको महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवले जानकारी दिए। रुट परिवर्तनपछि बालेन जनकपुरबाट सिधै जलेश्वरको बाटो हुँदै एकडारा पुगेका हुन्।


महोत्तरी क्षेत्र नं. ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि पुग्दा बालेनले गाडीबाटै घन्टी बजाउँदै मतदातालाई अभिवादन गरेका थिए। यद्यपि, उनले त्यहाँ कुनै सम्बोधन भने गरेनन्। त्यसपछि उनी आफ्नो पुर्ख्यौली घर पुगेर कुलदेउता ढोगेर अघि बढेका थिए। गाउँपालिका कार्यालय रहेको उक्त घरका दुई वटा कोठा बालेनको परिवारले प्रयोग गर्दै आएको जनाइएको छ।
बालेन सम्सीको बाटो हुँदै गौशाला पुगेर आजै बर्दिवास पुग्ने कार्यक्रम रहेको यादवले बताए।

यसक्रममा बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत रद्द गरिएको छ। साथै, बालेनले जलेश्वरनाथ महादेव मन्दिर अगाडि गाडीबाटै ढोग गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update