नेभिगेशन
समाचार

डिप्रोक्स लघुवित्तद्वारा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाको सल्यानस्थित फारुला शाखा कार्यालयले सोही क्षेत्रको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हिरा बुढाथोकीलाई छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति उपलब्ध गराइएको संस्थाले जनाएको छ ।


छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीको अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास लिइएको छ । शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने संस्थाको धारणा छ ।
संस्थाले आगामी दिनमा पनि शिक्षा, सामाजिक सशक्तीकरण तथा दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update