नेभिगेशन
समाचार

आचारसंहिता उल्लङ्घनमा कुनै सम्झौता हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन आयोगले सक्रियता बढाएको बताउनुभयो ।


प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र त्यहीँबाट फर्छ्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घट्दै गएको छ । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएको छ ।


प्राप्त जवाफको अध्ययनपछि केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन (कसुर तथा सजाय) ऐनबमोजिम आवश्यक कारबाहीको निर्णय लिने उहाँले जानकारी दिनुभयो । “जवाफ लिइसकेपछि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरैले सोध्नुहुन्छ । आचारसंहिता र निर्वाचन (कसुर तथा सजाय) ऐनले यसको स्पष्ट व्यवस्था गरेको छ । केन्द्रीय समितिले कानुनबमोजिम थप स्पष्टीकरण लिने वा कारबाही गर्ने निर्णय गर्छ । आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कुनै सम्झौता गर्दैन,” उहाँले भन्नुभयो ।


आयोगका अनुसार ६३ राजनीतिक दलका ५७ निर्वाचन चिह्नमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये १ हजार ७७२ जना महिला र १ हजार ३६३ जना पुरुष उम्मेदवार रहेका छन् । आयोगको तथ्याङ्कअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ ।
निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गर्दै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update