नेभिगेशन
समाचार

बाँसगढीमा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा प्रदेश स्थापना दिवसको अवसर पारेर वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। बाँसगढी नगरपालिकाको आयोजनामा २०८२ माघ २१ गते आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न स्थानहरूमा सरसफाइ गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, युवा समूह तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सडक, मन्दिर सार्वजनिक स्थलमा फोहोर संकलन गरी वातावरण स्वच्छ राख्ने सन्देश दिएका थिए।


आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायमा सरसफाइप्रति चेतना बढाउनुका साथै स्वस्थ र स्वच्छ शहर निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ। आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update