नेभिगेशन
समाचार

बाँसगढीमा बृहत् खुला रक्तदान सम्पन्न, ७७ जनाद्वारा रक्तदान

बाँसगढी, बर्दिया — नेपाल रेडक्रस उपशाखा बाँसगढी, नेपाल स्वयंसेवी रक्तदाता समाज र युवा सञ्जाल बाँसगढीको संयुक्त आयोजनामा तथा बाँसगढी नगरपालिकाको संरक्षकत्वमा बाँसगढी बजारमा बृहत् खुला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बाँसगढी क्याम्पस स्ववियु टिम, नगरका विभिन्न संघ–संस्था र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, बाँकेको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा ७७ जना रक्तदाताले “रक्तदान महादान” गर्दै मानव सेवामा योगदान पुर्‍याएका छन्। सामाजिक सेवाभावले प्रेरित सहभागी, सहयोगी तथा सहकर्मी सबैप्रति बाँसगढी युवा सञ्जालले आभार व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update